२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ ६६ लाख ५० हजार बराबरको अबैध सामान बरामद

६६ लाख ५० हजार बराबरको अबैध सामान बरामद

रुपन्देही,१७ कार्तिक । रुपन्देहीबाट तस्करी हुँदै गरेको ठूलो परिमाणको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार बिहान ५१ लाख ४८ हजार ५ सय रुपैया बराबारको अवैध सामग्री बरामद गरेको जानकारी दिएको छ । विशेष सूचनाको आधारमा उक्त सामाग्री बरामद गरिएको प्रहरीले बताएको छ । बुटवल उप–महानगरपालिका वडा नम्बर १ को तिनाउ पुलबाट लु १ ज ४६३६ र लु १ ज ३७८७ नम्बरको जिपमा भारतबाट अवैध रुपमा ल्याईएको अबैध सामाग्री प्रहरीले बरामद गरेको छ ।

प्रहरीका अनुसार बरामद भएको सामाग्रीमा ६० हजार पिस ओठमा लगाउने “लिपगार्ड” रहेको छ । यस्तै जाडोमा प्रयोग हुने उनिको कुर्ता सुरुवाल सेट २ सय ३६ पिस,ओढ्ने चुन्नी ६ सय पिस, बनारसी साडी ६७ पिस रहेको छ । पक्राउ परेको २ वटा जिप सहित बरामद भएको समान प्रहरीले करिब साढे ५१ लाख मूल्यांकन गरेको छ । यस्तै बिभिन्न ब्राण्डका जुत्ता, टिशर्ट, बिभिन्न प्रकारका सुटहरु पनि प्रहरीले बरामद गरेको प्रवक्ता थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीबाट खटिएको प्रहरी टोलीले  तिलोत्तमा नगरपालिका १५ मधवलिया चोक स्थित भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सर्ट कपडा ४७९ मिटर (२४ रोल) करिब १,१९,७५०।– तिलोत्तमा नगरपालिका १५ कोटिहवा स्थित अबैध रुपमा ल्याउँदै गरेको स्पोर्ट जुत्ता २५१ जोर र छाला जुत्ता ७६ जोर करिब ४,१५,२००।- गरी कुल जम्मा रु.५,३४,९५०।- बराबरको अबैध सामानहरु बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रपन्देही पठाएको छ ।

वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देही मायादेबी गाउँपालिका वडा नं.८ बिश्वकर्मा मन्दिर स्थित भारतबाट अबैध रुपमा भन्सार छली, ल्याएको चिनि ५० के.जि., लेडिजकुर्ता ४७ पिस, पावर स्टेरिङ पम्प ३१ पिस , पावर स्टेरिङ किट १९ पिस ,led बल्ब ९० पिस गरी करिब ४,४८,५००।- बराबरको अबैध सामानहरु फेला परि बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीको मातहत प्रहरी चौकी ठर्की रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. ६ ठर्का स्थित लु.१ ज. २९९९ नं.को पिकअपमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको करिब ४,००,०००।- बराबरको २३ बोरा फुलको माला बरामद गरेको छ ।

प्रहरी चौकी शुक्रौलीआमा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक न.पा. १२ सुक्रौलिआमा स्थित भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको बच्चाको टिसर्ट सेट २७ जोर, बच्चाको हुट सेट २१ जोर, सेण्डो-४० पिस, लेडिज मोजा-४८ जोर, बच्चाकोमोजा-७२ जोर, मेडियम मोजा-१२ जोर, बच्चाको उनल टोपी-२४ पिस, ठूलो उनलको टोपी-१२ पिसर लेडिज सुइटर-१० पिस गरि करिब ६०,०००।- बराबरको अबैध सामानहरु फेला पारेको छ । प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक न.पा. १३ कालिदह स्थित भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको टोपी ९६ थान,लेडिज पर्स ७ थान,नेलपोलिस २४ पिस, झिलझिले लाइट ५० थान गरी करिब २०,०००।- बराबरको अबैध सामानहरु फेला पारेको छ । ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले मायादेवी गाउँपालिका ६ शिवपुर स्थित भारतबाट अबैध रुपमा ल्याउदै गरेको १० वटा ब्रोइलर कुखुरा (अन्दाजी ३० के.जि.), ३५ के.जि.सोनपापडी मिठाई, १ बोरा खेलौना, ४० के.जि.भेलि गरी करिब १३०००।- बरामद गरेको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय मझगावा रुपन्देही मातहत प्रहरी चौकी दुर्गौलियाबाट खटिएको प्रहरी टोलीले मायादेवि गाउँपालिका ६ भन्सारचोक स्थित अबैध रुपमा भारतबाट भन्सार छली भारत तर्फबाट नेपाल तर्फ ल्याउदै गरेको २ बोरा चिनी, १ बोरा ललिपप र १ काटुन भेलि गरी करिब १२,०००।- बराबरको अबैध सामानहरु फेला पारेको छ। रुपन्देहीको विभिन्न ठाउँ गरेर प्रहरीले कुल जम्मा ६६ लाख ५० हजार ९ सय ५० रुपैयां बराबरको अबैध सामान बरामद गर्न सफल भएको छ। बरामद भएको सबै सामान भैरहवा भन्सार कार्यालय कारवाहीका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार