गृहपृष्ठ श्री जनहित मावि स्याङ्जामा भुपू विद्यार्थी मञ्च गठन, अध्यक्षमा सोमै
श्री जनहित मावि स्याङ्जामा भुपू विद्यार्थी मञ्च गठन, अध्यक्षमा सोमै
स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ कारिकोटमा रहेको श्री जनहित माध्यामिक विद्यालयमा भुतपूर्व विद्यार्थी मञ्च गठन भएको छ ।
विद्यालयमा विभिन्न तहमा अध्ययन गरेका भुतपूर्व विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक, समाजसेवी र पत्रकार तथा भर्चुअल माध्यमबाट भुपू विद्यार्थीहरुको सहभागितामा भुपू विद्यार्थी मञ्चको गठन भएको हो ।
वि.सं २०१५ सालमा स्थापना भएको श्री जनहित माध्यामिक विद्यालयमा भुपू विद्यार्थी मञ्च गठन गरिनु स्वागतयोग्य कार्य भएको विद्यालय व्यवस्थापन समितका अध्यक्ष कृष्ण बहादुर लामिछानेले बताए । नवगठित समितिको अध्यक्षमा यम सोमै, उपाध्यक्षमा डा.गोकर्ण पाण्डे र टोप बहादुर सुनार, सचिवमा सुमन थापा, सह-सचिवमा जमुना सोमै र गोविन्द पराजुली, कोषाध्यक्षमा दामोदर पराजुली, र सह-कोषाध्यक्षमा दिनेश कुमार श्रेष्ठ र सदस्यहरु कविता गाहा,कमल गाहा,सुमन ढकाल,हरिचन्द्र काफ्ले र सेरु सोमै त्यस्तै बैदेशिक विभाग प्रमुख गोबिन्द राना,नेपाल विभाग प्रमुख प्रकाश ज्ञवाली, चयन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य बम लामिछाने मगरले जानकारी दिए ।
यस्तै बालकृष्ण पाण्डे, बम लामिछाने मगर, केशर बहादुर क्षेत्री, दुर्गा बहादुर सोमै र डा.कृष्ण बहादुर सोमै समितिको सल्लाहकारमा चयन भएको लामिछानेले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण लामिछाने, विद्यालयका प्र.अ. केशर बहादुर क्षेत्री, शिक्षक सुर्य बहादुर दर्लामी, समाज सेवी दुर्गा बहादुर सोमै, पत्रकार तथा दिपक बि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु गरेका थिए ।
नव गठित समितका अध्यक्ष यम सोमैले श्री जनहित माविलाई समयानुकूल शैक्षिक कार्यक्रमहरुमा आफुले जोड दिने बताए ।






