गृहपृष्ठ आन्दोलन सुरु गर्न शिक्षक महासंघले गर्यो यस्तो अपिल
आन्दोलन सुरु गर्न शिक्षक महासंघले गर्यो यस्तो अपिल
काठमाडौं/ कार्तिक-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र सरोकारवाला निकायहरुले शिक्षकहरुका माग प्रति चासो नदेखाएको भन्दै नेपाल शिक्षक महासङ्घले कार्तिक २८ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । नेपाल शिक्षक महासङ्घले शिक्षकहरुका मागबारे शिक्षा मन्त्री,सचिव तथा सरोकारित निकायलाई औपचारिक रुपमै जानकारी गराएपनि चासो नदेखाएको भन्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो ।
सम्पुर्ण शिक्षकहरुलाई आन्दोलनको तयारी गर्नका लागि अपिल गर्दे विगतमा भएका सबै सम्झौताहरुको कार्यन्वयन तथा बाँकी न्यायोचित मागहरु पुरा गर्न थालिएको आन्दोलन र यस कार्यक्रम बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, सचिव तथा मन्त्रालय अन्र्तगतका सरोकारित निकायमा औपचारिक रुपमा जानकारी गराएको जनाएको छ ।
तर शिक्षकहरुका माग बारे जानकार हुँदा हुँदै पनि अहिलेसम्म सम्बन्धित पदाधिकारी तथा निकायहरुबाट यसबारे आवश्यक गम्भीरता,चासो र जागरुकता नदेखाएको भन्दै नेपाल शिक्षक महासङ्घ र यसमा आवद्ध सबै संस्था,समिति तथा शिक्षक कर्मचारीहरुलाई आन्दोलनको आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।
महासङ्घले ३४ बुँदे माग राख्दै २०७८ बैशाख २० गतेदेखि निरन्तर आन्दोलन गर्दे आइरहेका छ । पाँचौ चरणको आन्दोलन अन्र्तगत कार्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने कार्यक्रम पहिलेनै घोषणा गरेको थियो ।









