गृहपृष्ठ एक किशोरी घरभित्रै झुण्डीएको अवस्थामा मृत फेला
एक किशोरी घरभित्रै झुण्डीएको अवस्थामा मृत फेला
सुरेश परियार,सैनामैना । एक किशोरी झुण्डीएको अवस्थामा घरभित्रै मृत फेला परेकी छन् ।रुपन्देहीको सैनामैना वडा न.७ देउवपार स्थित आमी जानेबाटोमा रहेको आफनै घरमा झुण्डीएको अवस्थामा २० वर्षिय किशोरी मृत फेला परेकी हुन् । गत राती घरमै सुतेकी २० वर्षिय ईशा थारु एक्कासी आफनो कोठामा झुण्डीएको अवस्थामा मृत फेला परेका थिईन ।
मृतक किशोरीका बुबा गरव थारुले भन्छन् राती राम्रै संग छोरी सुतेकी थिइन,विहान किन उठेन भनेर ढोका खोल्दा झुण्डीएको अवस्थामा देखे । पारिवारिक कुनै दबाव थिइन तर कसरी यो घट्ना घट्यो भन्ने चिन्ता बुबा थारुले गरेका छन् ।घटनाबारे सत्यतथ्य अनुसन्धान गर्न प्रहरीलाई उनले अपिल समेत गरे ।
आज विहान करिब ६ वजे घटना बारे थाहा भए लगत्तै परिवारले इलाका प्रहरी कार्यालय सालझण्डीलाई खवर गरेका थिए ।प्रहरीले स्थलगत प्रारम्भीक अनुसन्धान गरिसकेको छ । सैनामैना वडा न.७का वडा अध्यक्ष डिलाराम बेल्बासे,वडा न.२का अध्यक्ष कामदेव भुषाल,प्रहरी र परिवारको रोवर तथा सहमतिमा झुण्डीएको किशोरीलाई पोष्टमार्टका लागी लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।





