२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

बुटवल,२५ कार्तिक । नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरूद्ध बिहीबार बुटवलमा चक्काजाम गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै विद्यार्थीले बुटवलमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेको हुन् । अनेरास्ववियु रुपन्देहीका अध्यक्ष शेषकान्त पोख्रेलले मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएको बताए ।

मूल्य वृद्धिले सबैभन्दा बढी मार विद्यार्थीलाई परेको पोख्रेलले बताए । अनेरास्ववियूले मूल्यवृद्धिको विरोधमा चरणबद्ध आन्दोलन गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार