गृहपृष्ठ स्थायी शिक्षकको परिक्षा फागुनमा,शिक्षक सेवा आयोगको कार्यतालिका आयो
स्थायी शिक्षकको परिक्षा फागुनमा,शिक्षक सेवा आयोगको कार्यतालिका आयो
काठमाडौँ । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगलाई व्यावस्थित गर्नका लागि लामो समयको अभ्यास पछि कार्यतालिका सार्वजनिक गरेको हो ।
कार्यतालिका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने र सामान्य परीक्षा फागुन र विषयगत परीक्षा जेठमा गर्ने रहेको छ ।
कार्यतालिकामा प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहको द्वितीय र प्रथम श्रेणीमा बढुवाका लागि पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने उल्लेख छ।
त्यसैगरी बाँकी रहेका केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको पाठ्यक्रम छिट्टै आयोगको साइटमा राख्ने तयारी गरेको छ ।
कार्यतालिका यस्तो छ हेर्नुहोस्:

यो पनि:
यस्ता मानिस विदेश जानबाट रोक-
चितवन रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै अब केही ब्यक्तिहरुलाई बिदेश जान नदिने भएको छ ।
नगरपालिकाले बच्चा दुई वर्ष नहुँदै आमा, बुवा, सासु आमा र ससुरालाई जिम्मा लगाएर विदेश जान महिलालाई अनुमति नदिने सहित १७ बुँदे महत्वपूर्ण प्रस्ताब पारित गरेको छ ।
नगरसभाले वाल विवाह, सडक मानवमुक्त नगरपालिका घोषणा गर्ने, जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइ सराइ तोकिएको समय भित्र गरी पञ्जिकरणलाई व्यवस्थित गर्ने, नगर भित्र जग्गा प्लटिङ गरी घडेरी व्यवस्थापन गर्ने व्यक्ति वा संस्थाले नगरपालिकाबाट पूर्व अनुमती लिनु पर्ने प्रस्ताव पारित गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ को लागि रु एक अर्ब २६ करोडको बजेट पारित गरेको छ । नीति तथा कार्यक्रम अन्तर्गत १४ वटा नगरका र १३ वटा लागत साझेदारी गौरवको योजना समेत पारित गरेको छ ।
त्रि वि कै सर्वोत्कृष्ट दोस्रो भए कैलालीका धरणिधर भट्ट
( DHARANIDHAR BHATTA ) त्रिभुवन विश्वविद्यालयकै सर्वोत्कृष्ट दोस्रो परीक्षार्थी बन्नुभएको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, ( tribhuvan university faculty of management ) डीनको कार्यालयबाट मिति २०७७ माघ ०५ ( 18th january 2021) देखि मिति २०७७ माघ १५ ( 28th January 2021 ) सम्म सञ्चालन भएको Bachelor of Business Management (BBM) कार्यक्रमको प्रथमसत्र नियमित परीक्षाको प्रकाशित नतिजामा भट्टले सर्वोत्कृष्ट दोस्रो अंक ल्याउनुभएको हो ।
उहाँले ३ दशमलव ८८ सीजीपीए ल्याएर यो स्थान ओकट्नुभएको कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक टेक बहादुर मडईले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जालमा नै पोष्ट गरेर बधाई दिनुभएको छ । भट्टको यो नतिजामा आफन्त, साथीभाई सबैले खुशी मनाईरहेका छन् ।
सामाजिक सञ्जालमा भट्टलाई बधाईको ओइरो लागेको छ । एकाग्रता, लगनशील र अथक प्रयासबाट सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण भएको प्रसंशकहरुले लेखिरहेका छन् ।
अर्थमन्त्री यस्तो काम गर्दै:
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा-काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाएका छन्।
पोखरा उद्योग वाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिएका हुन्।
‘पोखरा-काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भने, ‘पोखरा-काठमाडौं सडकमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ।’
कार्यक्रममा उद्योगी व्यवसायीहरुले कोभिड-१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउपनुपर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायतका माग राखेका थिए।





