२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ कटुवा पेस्तोलसहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ

रुपन्देही,१ मंसिर। प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट १ थान कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका-१४ दुर्गानगर स्थित बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापा मगर रहेका छन् । पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचनाका आधारमा उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने सन्दिप थापालाई रुपन्देही जिल्ला अदालतबाट हातहतियार तथा खर-खजाना मुद्धामा म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार