गृहपृष्ठ बुटवल कालिकानगरमा खस्यौलि रोधी शुभारम्भ चर्चित गायकको उपस्थिति(फोटो)
बुटवल कालिकानगरमा खस्यौलि रोधी शुभारम्भ चर्चित गायकको उपस्थिति(फोटो)
सुमन ढकाल मंसिर-२,बुटवल।
रुपन्देही बुटवलको कालिकानगर खस्यौली रोधी शुभारम्भ भएको छ।
चर्चित लोक तथा दोहोरी कलाकारहरुको सरगममा रोदी क्लव शुभारम्भ भएको हो। क्लवमा गायक बद्री पंगेनीले उद्घाटन गरेका हुन्। चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी पशुपति शर्मा प्रिति आले खुमन अधिकारी उज्वल गिरि रितु थापा सम्झना लामीछाने मगर रुपा जिएम संगै धेरै कलाकारहरुको भुमिका रहेको थियो।

साझँ ५ बजेदेखि सुरुवात हुदै आएको यस कार्यक्रम बेलुका ११ बजे समापन हुन्छ। कार्यक्रम निकै रौनक तथा लाभदायिक रहेको पाइयो। मान्छेहरुको चाप संगै कार्यक्रममा दर्शकको माया रहेको पाइएको छ।

कार्यक्रममा लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका अध्यक्ष दिपक कार्की निवर्तमान अध्यक्ष दिपक गरौजा मगर प्रतिष्ठान स्याङ्जाका अध्यक्ष श्रृषि डुम्रे तथा पत्रकारवाट उदयमान मिडिया प्रालि संगै साना देखी ठुला सांगितिक व्यक्तीहरुको बाक्लो उपस्थिति रहेको थियो।
रोदी क्लबले कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मलाई शुभारम्भको अवसर मान्दै सो अवसरमा देशकै चर्चित कलाकारहरुको प्रस्तुति राखेको गायक उज्वल गिरिले जानकारी दिनुभयो। जस अन्तर्गत बद्री पंगेनी र पशुपति शर्माले जनाई प्रस्तुति दिइसेका छन् । त्यसैगरी सम्झना लामिछाने, प्रिति आले, खुमन अधिकारी, रुपा जिएम लगाएत चर्चित तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुति दिएका हुन्।
निवर्तमान अध्यक्ष दिपक गरौजा मगर खिमान्द सापकोटाले सन्चालन गरेको क्लव करिव एक करोड लगानी रहेको छ। ४० जना स्टाफ संगै १५० जना अट्ने सिट क्षमता भएको क्लवमा पहिलो दिनमै घुइचो र लाभदायी रहेको सन्चालक दिपक गरौजाले बताए।
यस्तै दैनिक राष्ट्रिय तथा स्थानिय कलाकारहुलाइ प्राथमिकता दिदै जाने पनि बताएका हुन्। कलाकारको हरुको सम्मान प्रवद्वन संकृति जोगाउने उदय संगै संकृतिको संरक्षण गर्न क्वल सन्चालन गरेको सन्चालक दिपक गरौजाले जानकारी दिएका छन्।





