गृहपृष्ठ मेरी बास्सैमा ६ महिनापछि फर्किइन् चम्सुरी खुसीले गदगद सेट पुग्दा रसाए आँखा
मेरी बास्सैमा ६ महिनापछि फर्किइन् चम्सुरी खुसीले गदगद सेट पुग्दा रसाए आँखा
काठमाडौं ।
‘चम्सुरी’ उपनामले चर्चित कलाकार पल्पसा डंगोल अभिनयमा फर्किएकी छन् । उनी झण्डै ६ महिनापछि हास्य टेलिसिरियल ‘मेरी बास्सै’मार्फत अभिनयमा फर्किएकी हुन् । दुवै मिर्गौला फेल भएर अस्वस्थ भएपछि उनी अभिनयबाट टाढा रहेकी थिइन् ।
मंगलबार प्रसारण ‘मेरी बास्सै’को भाग ७२९ मा दर्शकले पल्पसालाई हेर्न पाएका छन् । स्वास्थ्य अवस्थामा सुधार आएपछि आफू ‘मेरी बास्सै’मा फर्किएको पल्पसाले बताइन् । उनले लामो समयपछि छायाँकन सेटमा पुग्दा आफ्ना आँखा रसाएको सुनाइन् ।
‘लामो समयपछि सेटमा फर्किंदा एकदमै खुशी लाग्यो ।उनलाई छायाँकन सेटमा ‘मेरी बास्सै’ टिमले फूलमालाले स्वागत गरेको थियो ।
पल्पसाले मिर्गौला प्रत्यारोपण गर्न भने बाँकी छ । माघको तेस्रो साता मिर्गाैला प्रत्यारोपण हुने सम्भावना रहेको बताउँदै त्यतिञ्जेल दर्शकले ‘मेरी बास्सै’मा आफूलाई नियमित हेर्न पाउने उनले बताइन् ।





