२०८३ कात्तिक ३० गते आइतवार | November 15, 2026

गृहपृष्ठ कति बस्छेउ माइतिकै कौसिमा नयाँ भर्सनमा, दिपाश्रीलाइ माग्नेबुढाले भगाए हेर्नुहोस् (भिडियो सहित)

कति बस्छेउ माइतिकै कौसिमा नयाँ भर्सनमा, दिपाश्रीलाइ माग्नेबुढाले भगाए हेर्नुहोस् (भिडियो सहित)

इज्जत कँडेल, काठमाण्डौ।

वरिष्ठ गायक राम थापाले गाएको सफल गीत ‘कति बस्छेउ माइतिकै कौसी’मा नयाँ भर्सन सार्वजनिक भएको छ । मुरारी प्रसाद लामिछानेको शब्द तथा संगीत रहेको गीतलाई युवा संगीतकार भिम विष्टले नयाँ स्वरुप दिएका हुन् ।

कति बस्छेउ माइतिकै कौसीमा नयाँ भर्सनमा गायिका अन्जु पन्त र गायक हिमाल श्रेष्ठले स्वर दिएका छन् । छक्का पन्जा समुहले निर्माण गरेको भिडियोमा दिपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ लगायत कलाकारहरुको अभिनय छ । कोरियोग्राफी विक्रम स्वाँरले गरेका छन् ।

हरि हुँमागाईंको छायाँकन रहेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियोमा छक्का पन्जा ४ चाँडै आउने जानकारी पनि दिइएको छ ।

पुरा भिडियो हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार