२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौँ / मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा यस दिन सुनको मूल्यमा १ हजार ६ सय रुपैयाँले गिरावट आएको हो ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्य समाचार / काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ५० पैसा र बिक्रीदर १६० रुपैयाँ ३० पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार