२०८३ असोज १३ गते मंगलवार | September 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घण्टामा ९ जना संक्रमितले गुमाए ज्यान,हेर्नुहोस आज कति संक्रमित थपिए ?

पछिल्लो २४ घण्टामा ९ जना संक्रमितले गुमाए ज्यान,हेर्नुहोस आज कति संक्रमित थपिए ?

काठमाडौं,७ मंसिर। पछिल्लो २४ घण्टामा नेपालमा ३५१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ८ हजार ७२९ पीसीआर र १ हजार ४४५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख १९ हजार ६९९ जना पुगेको छ । कुल संक्रमितमध्ये ७ हजार ३०० जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २७३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ८९० पुगेको छ ।

उक्त अवधिमा ९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । ९८ जना क्वारेन्टाइनमा छन् । २२३ जना आइसीयू र ५१ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार