२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ महाधिवेशनमा सहभागी हुन ओली चितवनमा यसरी भयो भब्य स्वागत

महाधिवेशनमा सहभागी हुन ओली चितवनमा यसरी भयो भब्य स्वागत

चितवन, ९ मंसिर । पार्टीको १०औँ महाधिवेशनमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार दिउँसो चितवन आइपुगेका छन् । शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् ।

उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।

एमालेको १०औँ महाधिवेशन १०–१२ मंसिरमा हुनेछ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार