गृहपृष्ठ त्रि वि को पहिलो बर्षको नतिजा प्रकाशित (हेर्नुहोस्)
त्रि वि को पहिलो बर्षको नतिजा प्रकाशित (हेर्नुहोस्)
त्रि वि ले स्नातकोत्तर तह प्रथम बर्षको नतिजा प्रकाशित गरेको छ।
सुचना जारी गर्दै त्रि वि ले नतिजा सार्वजनिक गरेको हो।
हेर्नुहोस्:

यो पनि पढ्नुहोस्:
इसिडि शिक्षक र कर्मचारी शिक्षा मन्त्रालयले बोलाउदा गएनन् किन –
प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको पारिश्रमिक समस्याका विषयमा शिक्षा मन्त्रालयले गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने मिति अनिश्चित बनेको छ । मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनमा बुधबार (८ मंसिर) मा महासंघका प्रतिनिधिहरूसँग छलफल गर्ने जानकारी दिएको थियो ।
शिक्षा सचिव रामप्रसाद थपलियाले महासंघका प्रतिनिधिहरूसँग बुधबार छलफल हुन नसकेको जानकारी बिहीबार बिहान वेबटिभी खबरलाई जानकारी दिंदै छलफलको मिति अनिश्चित बनेको जानकारी दिए । सचिव थपलियाले दुई ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशनमा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरू व्यस्त रहेकोले महाधिवेशनपछि मात्रै उनीहरूसँग छलफल गरिने जानकारी दिए ।
शिक्षामन्त्रीले भनेका थिए, ‘हामीले बुधबार (८ मंसिर) छलफलका लागि गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरूलाई बोलाएका थियौं । पार्टीको महाधिवेनलाई कारण देखाएर उहाँहरू आउनुभएन । उहाँहरूसँग छलफल गर्ने भनेर मिति चैं तोकेका छैनौं । सम्भवतः महाधिवेशनपछि छलफल हुन्छ ।’
सचिव थपलियाले शिक्षा मन्त्रालयले इसीडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा स्थानीय तहसँग समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई २०७८ असार ८ गते पठाएको पत्र नै समस्याको समाधान भएको तर्क गरे ।
पत्रकार सम्मेलनमा शिक्षामन्त्री देवेन्द्र पौडेलले श्रम मन्त्रालयले तोकेको १५ हजार पारिश्रमिक अनिवार्य रूपमा इसीडी शिक्षक र विद्यालय कर्मचारीले पाउनुपर्ने बताएका थिए ।
इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई पारिश्रमिक दिन स्रोत छ वा छैन भन्ने कुरा तीनै तहका सरकारको जिम्मेवारीभित्र रहेको र यसका लागि तीनै तहका सरकारले जिम्मा लिनुपर्ने मन्त्री पौडेलको भनाइ थियो ।





