२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ मंसिरमा शिक्षकको बिज्ञापन खुल्ने पक्का,कुन जिल्लामा कति दरबन्दी रिक्त

मंसिरमा शिक्षकको बिज्ञापन खुल्ने पक्का,कुन जिल्लामा कति दरबन्दी रिक्त

काठमाडौं ।

शिक्षक सेवा आयोगले तिहारलगत्तै स्थायी शिक्षकको विज्ञापन खुलाउने तयारी गरेको छ । तिहार लगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसँग छलफल गरी विज्ञापन खोल्ने तयारी रहेको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले जानकारी दिए । 

आयोगलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बुझाएको तथ्यांक अनुसार तीन तहमा १९ हजार बढी विषयगत शिक्षक पद रिक्त भएको छ ।

नियमावली संशोधन नहुँदासम्म वार्षिक कार्यतालिका सार्वजनिक गर्न र शिक्षक बढुवाको लागि विज्ञापन खुलाउन भने समस्या हुने आयोगले जनाएको छ । संस्कृतमा निमावितर्फको पाठ्यक्रम नबन्दा शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्न समस्या भएको आयोगले जनाएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले भने, ‘हामीलाई अहिले संस्कृत तर्फको पाठ्यक्रम नबनेर समस्या भएको छ । पाठ्यक्रम बने पनि तीन महिनाअघि लागु नहुने नियमले समस्या परेको छ ।’

बाँकी रहेको पाठ्यक्रम बनाउन थालिएको सूचना अधिकारी मरहट्टाले जानकारी दिए । श्रोतका अनुसार मंसिर दोश्रो साता बिज्ञापन हुने टुंगो लागेको छ।

रिक्त दरबन्दी हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार