२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ महाधिवेशनमा एमालेले पाँच लाख जनसहभागिता जुटाउने 

महाधिवेशनमा एमालेले पाँच लाख जनसहभागिता जुटाउने 

चितवन, १० मंसिर 

नेकपा (एमाले)को दशौँ महाधिवेशन उद्घाटनका लागि महाधिवेशन स्थल नारायणी नदी किनारमा जनलहर उर्लिने क्रम सुरु भएको छ । आज दिउँसो उद्घाटन महाधिवेशनका लागि देशभरबाट कार्यकर्ता एवं शुभेच्छुकहरू आउने क्रम सुरु भएको हो ।

आज बिहानैदेखि चितवनमा एमाले महाधिवेशनका लागि जनलहर सुरु भएको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

महाधिवेशन उद्घाटनमा सहभागी हुन पूर्व तथा पश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधि तथा नागरिकहरूको बाक्लो उपस्थिति रहेको उनको भनाइ छ । चितवनबाट बाजागाजासहित जनसहभागिता हुने तयारी भइरहेको जिल्ला अध्यक्ष रावलले बताइन् ।

रावलका अनुसार चितवनका सातवटै स्थानीय तहका ९८ वटा वडा, दुईवटा शाखा कमिटी तथा भ्रातृ संगठनहरूबाट एक लाख मानिस उतार्ने गरी तयारी छ । महाधिवेशन उद्घाटन हुनुपूर्व चितवनतर्फको नदीकिनारमा मानिसहरूको व्यापक सहभागिता हुन सुरु भइसकेको भन्दै सहभागीहरूलाई संयमित हुन उनले आग्रह गरिन् ।

जिल्लाका मुख्य राजमार्ग र सहायक राजमार्गमा गरी ४५ बढी स्थानमा स्वागतद्वार निर्माण गरिएको भन्दै रावलले देशभरिबाट पाँच लाख मानिसहरू नदीकिनारमा उतार्ने बताइन् । महाधिवेशन उद्घाटनका लागि एमालेका नेताहरू चितवन आइसकेका छन् । आज दिउँसो नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र भोलि र पर्सि सौराहामा हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार