गृहपृष्ठ पश्चिम नवलपरासी कांग्रेस १४औं महाधिवेशनको मतदान सम्पन्न
पश्चिम नवलपरासी कांग्रेस १४औं महाधिवेशनको मतदान सम्पन्न
ज्ञानेश्वर सहानी,१० मंसिर। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पदाधिकारीको लागि पश्चिम नवलपरासीमा १४औं महाधिवेशनको मतदान कार्य सम्पन्न भएको छ।
मतदान शान्तिपूर्ण वातावरणमा जिल्लाको परासी स्थिति सरस्वती मा.बि शान्तिचौरमा बिहान ८ बजेदेखि सुरु भएको थियो मतदान ४ बजे सम्पन्न भएको हो।

मतदाता उत्साहित हुदै मतदान गर्न आएका थिए । नेपाली कांग्रेस नवलपरासी जिल्ला सभापतिका लागि संविधानसभा सदस्य बिक्रम खनाल पक्षबाट अर्जुन कुमार पोख्रेलले तथा केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेल पक्षबाट मोहन प्रसाद शर्माले उम्मेदवारी दिएका छन।
जिल्लामा १३४६ मतदाता रहेकोमा करिब १३२९ मत खसेको सहायक मतदान अधिकृत भुसालले बताउनुभयो । मतदान स्थलमा ४३ वटा बुध रहेकोले मतदान गर्न सजिलो भएको मतदाताहरुले बताए ।






