२०८३ वैशाख १५ गते मंगलवार | April 28, 2026

गृहपृष्ठ माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्ड

माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रचण्ड

काठमाडौं, ११ मंसिर। माओवादी केन्द्रको सात सय ५३ पालिका सम्मेलन शनिबार एकसाथ हुँदैछ । सम्मेलनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुृअल सम्बोधन गरेका छन् ।

सम्बोधन गर्दै प्रचण्डले माओवादी केन्द्रलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउने बताए । उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए । उनले ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट किन हटाउनु पर्‍यो भन्ने सम्बन्धमा कार्यकर्तालाई स्पष्ट पारेका थिए । माक्र्सवाद र कम्युनिस्ट विचारमा जताततै पराजित भएपछि ओलीले नेकपा विघटन गर्न लगाएको बताए ।

प्रतिनिधिसभालाई दुई दुईपटक विघटन गरेर संविधान नै खारेज गर्ने षड्यन्त्रमा ओली फसेको प्रचण्डले दाबी गरे । उनले ओली देशी विदेशी षड्यन्त्रमा फसेको र प्रतिगमनमा लागेको बताए ।

प्रतिनिधिसभा विघटन माओवादी आन्दोलनमाथिको हमला भएको पनि प्रचण्डले दाबी गरे । माओवादी आन्दोलनलाई घेराबन्दीमा पार्न ओली प्रवृत्ति अघि बढेकोमा त्यसलाई पराजित गरी आफूहरू विजयी भएको प्रचण्डले बताए ।

पहिलोचोटिको प्रतिनिधिसभा विघटनविरुद्ध सडकबाट प्रतिवाद गरेको र दोस्रोपटकको प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन बनाएर संसदबाटै प्रतिवाद गरी सर्वोच्च अदालतमा जानु परेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार