२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ ओलीसँग छलफल गरेर ‘१० भाइ’ समूह निस्कियो

ओलीसँग छलफल गरेर ‘१० भाइ’ समूह निस्कियो

सौराहा, १२ मंसिर। एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका  ‘१० भाइ’ समूहले अध्यक्ष केपी ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन् ।

ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन् । स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन् ।

आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन ।

‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार