२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत माओवादी नेतृत्व चयन

म्याग्दीका पाँचै पालिकामा सर्वसम्मत माओवादी नेतृत्व चयन

पोखरा, १२ मंसिर। नेकपा माओवादी केन्द्र म्याग्दीका पाँच वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । एक नगरपालिका र चार गाउँपालिका रहेको म्याग्दीमा आइतबार नयाँ नेतृत्व चयन भएको हो । म्याग्दी माओवादीका अनुसार बेनी नगरपालिकाको अध्यक्षमा सेरबहादुर केसी चयन भएका छन् ।

यस्तै, रघुगंगा गाउँपालिकाको अध्यक्षमा हरि भण्डारी, धवलागिरी गाउँपालिका अध्यक्षमा यामन रोका, मालिका गाउँपालिका अध्यक्षमा दोरण शेरचन र मंगला गाउँपालिका अध्यक्षमा याम रोका चयन भएका हुन् ।

नेतृत्व सहित आउँदो तीन वर्षका लागि पालिका कमिटी चयन भएको छ । सबै पालिकाबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधि पनि चयन भएका सांसद तथा माओवादी नेता विनोद केसीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार