२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ आज कुन राशिलाइ राम्रो कुन राशिलाइ नराम्रो हेर्नुहोस् राशिफल!

आज कुन राशिलाइ राम्रो कुन राशिलाइ नराम्रो हेर्नुहोस् राशिफल!

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । शिक्षामा अवरोध पनि आउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी आफ्नो अनुभवले निर्णय लिन सके थप अवसर प्राप्त हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । भाग्यले साथ दिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा सफलता पाइनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । नियमित खर्चसमेत बढ्ने योग छ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । शेयर बजारमा रुचि पनि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज स्वास्थ्यमा प्रति सजग रहनु पर्छ । साना तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी पनि आउन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा पनि प्रगति हुनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार