२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ एमाले अध्यक्षमा भारी मतले ओली विजयी : हेर्नुहोस् कति खस्यो ओली र रावलको पक्षमा मत ?

एमाले अध्यक्षमा भारी मतले ओली विजयी : हेर्नुहोस् कति खस्यो ओली र रावलको पक्षमा मत ?

चितवन, १४ मंसिर। नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई १५७७ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको दुई हजार ९६ मध्ये ओलीको पक्षमा १८४० मत खस्दा रावलले २२३ मत पाए । साथै नाे भाेटमा ३३ मत खसेकाे छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

यसपटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेबाट मतदान प्रक्रिया सुरू भएको थियो । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार