गृहपृष्ठ करार शिक्षकलाई स्थायी गरिनेछ: शिक्षा मन्त्री पौडेल
करार शिक्षकलाई स्थायी गरिनेछ: शिक्षा मन्त्री पौडेल
काठमाडौं-१५,मंसिर।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धा मार्फत स्थायी गरिने बताएका छन् । त्रिभुवन विश्वविद्यालय सभाको साधरण बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘करार शिक्षहरुको लागि आन्तिरक प्रतिस्पर्धामाफर्त स्थायी गरिनेछ ।’ ‘प्रतिस्पर्धामा सफल हुन नसक्नेहरुको लागि राहतको व्यवस्था गरी अवकास दिने प्रक्रिया मिलाउँनेछु ।’
विश्वविद्यालयको सहकुलपति समेत रहेका मन्त्री पौडेलले गुणस्तरीय शिक्षाका स्थापित मान्यतालाई आत्मसाथ गर्दै विश्वविद्यालयमा कार्यरत आंशिक तथा अन्य शिक्षक तथा कर्मचारीहरुको सेवाका शर्त र निवृतिभरणको सुविधाको सुनिश्चतता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शैािक्षक वर्ष नबिथोलिने गरी विश्वविद्यालयले कार्य योजना बनाएर अगाडी बढन मन्त्री पौडेलले निर्देशन दिए । उच्च शिक्षालाई समय सापेक्ष, बजारमुखी र विश्वबजारमा प्रतिस्पर्धी बनाउनेतर्फ विश्वविद्यालयले ठोस योजनाका साथ अगाडी बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै अध्यनन अनुसन्धान नियमित पठनपाठन माफर्त पं्रवद्र्धन गरी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
उनले त्रिभुवन विश्वविद्लायले वर्षै पिच्छे बढ्दै गएको बेरुजु कम गर्दै गत एक वर्षमा ६ अर्बभन्दा बढी बेरुजु सम्परीक्षण गरेको भन्दै प्रशासनिक तथा सुशासनको मामलामा खरो उत्रेको बताए ।
वर्तमान युगसुहाउँदो जनशक्ति उत्पादन गर्न र विश्वविद्यालयलाई अझ प्रतिस्पर्धी बनाउन कार्यरत कर्मचारी एवम् प्राध्यापकहरुलाई निरन्तर सेवाकालीन तालिम दिएर क्षमता अभिवृद्धि गर्नेकाममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।





