२०८३ वैशाख १४ गते सोमवार | April 27, 2026

गृहपृष्ठ भोली देखि सबै बिद्यालय बन्द हुने !

भोली देखि सबै बिद्यालय बन्द हुने !

भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए ।

पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ ।

त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

यो पनि पढ्नुहोस्:

विद्यार्थी संगठनले गर्यो विरोध !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत जनशक्तिलाई आन्तरिक प्रक्रियाबाट स्थायी गराउन तयारी गरेकामा विभिन्न विद्यार्थी संगठनले आपत्ति जनाएका छन् ।

ती संगठनले विज्ञप्ति जारी गरेर नयाँ पुस्ताका प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन भइसकेको अवस्थामा त्यसलाई दुरुत्साहन हुनेगरी त्रिवि सेवा आयोगको नियमविपरीत राज्यलाई झण्डै रु एक अर्ब पाँच करोड बढी भारपर्ने गरी हुने आन्तरिक प्रतियोगिताको निर्णय खारेज गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा यही मंसिर १४ गते भएको त्रिविसभाको बैठकले १० वर्षदेखि करारमा रहेका अध्यापकलाई स्थायी गर्ने निर्णय गरेको थियो ।

‘विनाप्रतिस्पर्धा नै त्रिविको प्राध्यापक र कर्मचारी बन्न पाउनुपर्ने माग आफैँमा अप्राकृतिक, अनैतिक, अशोभनीय र हास्यास्पद छ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी सो निर्णय खारेज गरी आम शैक्षिक युवाले प्रतिस्पर्धा गर्ने पाउने गरी विज्ञापन खुलाउन माग गर्दछौँ ।’

विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियुका महासचिव आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल (छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवरलगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार