२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ गायिका रचना रिमाल कक्षा १२ पास, कुन ग्रेड ल्याइन् त हेर्नुहोस् !

गायिका रचना रिमाल कक्षा १२ पास, कुन ग्रेड ल्याइन् त हेर्नुहोस् !

पछिल्लो समय निकै चर्चामा गायिका रचना रिमाल कक्षा १२ परीक्षामा उत्तीर्ण भएकी छन् । उनी ‘ए’ ग्रेड ल्याएर उत्तीर्ण भएकी हुन् । उनले ३.४४ जिपिए प्राप्त गरेकी छन् । उनले सामाजिक संजालमार्फत् उक्त कुरा जानकारी गराएकी हुन् ।

‘नेपाल आइडल सिजन-२’ बाट सांगीतिक यात्रा सुरु गरेकी रिमाल पछिल्लो समयकी निकै व्यस्त गायिकामा पर्छिन् । रचना गीत रेकर्डिङ र कार्यक्रममै व्यस्त हुन्छिन् । पढाईमा खासै समय दिन नभ्याएकी उनले उकृष्ट नतिजासहित कक्षा १२ पास गरेकी छन् ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको हो । सार्वजनिक नतिजाअनुसार कक्षा १२ मा तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये सात हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेका छन् ।

तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट https://www.neb.gov.np/results, नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/मा गएर हेर्न सकिन्छ ।

यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार