२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ विक्रम पाण्डे राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा

विक्रम पाण्डे राजेन्द्र लिङ्देनको चुनावी प्रचारमा

काठमाडौं, १७ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता विक्रम पाण्डे राजेन्द्र लिङ्देन समूहमा खुलेका छन् । राप्रपा महाधिवेशनमा पूर्वमन्त्री पाण्डेलाई कमल थापा र लिङ्देन दुवै समूहले आफ्नो प्यानलमा राखेका थिए ।

तर, पाण्डे लिङ्देन समूहमा खुलेका हुन् । राप्रपामा चार उपाध्यक्ष रहने व्यवस्था छ । पाण्डेलाई लिङ्देन समूहले उपाध्यक्षमा राखेको छ । उता थापा समूहले पनि उनलाई आफ्नो उपाध्यक्षमा राखेको थियो ।

पाण्डे राप्रपाका प्रभावशाली नेता मानिन्छन् । पाण्डे अन्तिम समयमा लिङ्देनको र्‍यालीमा सहभागी भएर थापासँग आफू नभएको सन्देश प्रवाह गरेका हुन् ।

मनोनयनको प्रारम्भिक नामावली आउन भने बाँकी छ । त्यसमा दाबी विरोध भई अन्तिम नामावली आएपछि पाण्डे कुन प्यानलबाट चुनाव लड्नेछन् भन्ने खुल्नेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार