२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ एनआरएनए विवादमा फेरि तानिइन् आरजु देउवा

एनआरएनए विवादमा फेरि तानिइन् आरजु देउवा

लण्डन,१८मंसिर।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन् ।

गैरआवासीय नेपाली संघको १०औँ महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले आयोजना गरेको राष्ट्रिय अध्यक्षहरुको भेलाद्वारा जारी विज्ञप्तिमा आरजुमाथि अध्यक्ष पन्तले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै खेद व्यक्त गरे पछि उनी औपचारिक रुपमा विवादमा तानिएका हुन् ।
यसअघि संघका केन्द्रीय पदाधिकारीले आरजुमाथि आराेप लगाएका थिए तर संस्थागत रुपमा आरजुको नाम पहिलो पटक भेलामै मुछिएकाे हाे ।             पन्तले देशका प्रधानमन्त्री, संस्थाका प्रमुख संरक्षक, उनीहरूका धर्म पत्नी लगायतविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिले संस्थाको मर्यादा तल झार्ने काम गरेका निश्र्कष निकालेको छ ।

भेलाले ६ बुँदे सुझाव निकाल्दै पाटन उच्च अदालतले संघको निर्वाचनका सम्बन्ध जारी गरेको अन्तरिम आदेशको अवहेलना गर्दै ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिलाई मान्यता दिने भन्ने मन्त्रालयको निर्णयको  स्वागत  गरिएको छ । यसअघि गत आइतबार पाटन उच्च अदालतले मन्त्रालयको पत्र खारेज गरिदिएको थियो ।

भेलाले गैरआवासीय नेपाली संघ अहिले आफ्नो १८ वर्षे इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको ठहर गरेको छ ।
भेलाले अध्यक्ष पन्त र प्रमुख संरक्षक डा शेष घलेले सहकार्य गरी डेलिगेट्स सम्बन्धी विवाद समाधान गरी आम सहमतिका आधारमा मात्र निर्वाचन कार्यक्रम अगाडि बढाउन  माग  गरेको छ ।
करिब एक दर्जन संघका राष्ट्रिय समितिका अध्यक्षहरु सहभागी रहेको गत बुधबार सम्पन्न भेलाको निष्कर्ष शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख हुने गरि तोकिएको छ । यसअघि परराष्ट्र मन्त्रालयले आफ्नो अनुकुलको उम्मेदवारलाई जिताउन शक्ति प्रयोग गर्दै निर्वाचनमा रोक लगाएको संस्थापन पक्षको आरोप छ  । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार