२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ १० लाख बराबरको अबैध सामान प्रहरी नियन्त्रणमा

१० लाख बराबरको अबैध सामान प्रहरी नियन्त्रणमा

बुटवल, १८ मंसिर । रुपन्देही प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेको ८ लाख ९२ हजार मूल्यको सामान बरामद गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले रुपन्देहीको देवदह नगरपालिका- ५ बाट अवैध सामान बरामद गरेको हो । पश्चिम नवलपरासी सुस्ता गाउँपालिका- ३९ वर्षीय अस्लाम अन्सारीले लु १ च ९२७९ नम्बरको बलेरो पिकअप गाडीमा बिना बिल अवैध रुपमा ल्याउँदै गरेको ५० बोरा चिनी र १० कार्टुन मोबिल बरामद गरेको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालयकै मातहतमा रहेको मझगावा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ४ बरदहवाबाट लु.२ प १२८३ नं. को मोटरसाइकलमा अबैध रुपमा ल्याउदै गरेको करिब १,१०,०००।- (मोटरसाइकल सहित) बराबरको अबैध ब्रोईलर कुखुरा बरामद गरी नष्ठ गरिएको र मोटरसाईकल भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए  ।

उनका अनुसार बरामद भएकाे सामान, पिकअप गाडी र गाडी धनीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार