२०८३ वैशाख १२ गते शनिवार | April 25, 2026

गृहपृष्ठ शिक्षकका तलब देखिका समस्या समाधान हुन्छ: केपी ओली

शिक्षकका तलब देखिका समस्या समाधान हुन्छ: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूका समस्या समाधान गर्ने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, शिक्षक भवन एवम् १२ औं ललितपुर जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘मैले शिक्षक साथीहरूका समस्या सुनिरहेको छु । कहिले तलबका समस्या, कहिले दरबन्दीका समस्यालगायतका समस्या । यस्ता समस्या समाधान गर्दै जानेछौं ।’ 

‘तपाईंहरूको पारिश्रमिक एउटा कुरा हो । तर, तपाईंहरूको सेवा, योगदान पारिश्रमिकसँग तुलना गर्न मिल्दैन,’ कार्यक्रममा ओलीले भने, ‘तपाईंहरू भविष्य निर्माण गर्दै हुनुहुन्छ । भविष्यका कर्णधारहरू तयार गर्दै हुनुहुन्छ ।’ 

अध्यक्ष ओलीले २६-२७ सालतिर प्रा.विको शिक्षक भएर पढाउने मौका पाएको बताउँदै १४ वर्ष जेलमा रहँदा जेलमा बसेकाहरूलाई पनि पढाएको बताए । उनले भने, ‘जेलमा मेरो जिम्मेवारी विनापुस्तक पढाउने र पास गराउने थियो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार