२०८३ वैशाख १० गते बिहीवार | April 23, 2026

गृहपृष्ठ माओवादी केन्द्रको तुलसीपुर अध्यक्षमा चौधरी

माओवादी केन्द्रको तुलसीपुर अध्यक्षमा चौधरी

दाङ, १८ मंसिर। दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको नगर कमिटी गठन भएको छ । शनिबार भएको नगर भेलाले नगर कमिटीको नेतृत्व चयन गरेको हो । यसअघि तुलसीपुरमा सम्पन्न भएको पालिका अधिवेशनमा सहमति हुन नसकेपछि ७३ सदस्सीय कार्यसमिति चयन भएको थियो ।

सोही कार्यसमितिले शनिबार नेतृत्व चयन गरेको हो । पार्टीको तुलसीपुर नगर कमिटीको अध्यक्षमा खुसीराम चौधरी चयन भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए ।

यस्तैगरी उपाध्यक्षमा मन कुमारी महत, यज्ञ बहादुर केसी, मोहन थापा चयन रहेका छन् । सचिवमा तुलाराम भण्डारी, सहसचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा अमर नेपाली (माइकल) चयन भएको माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार