२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ मंसिरदेखि शिक्षकलाई तलब नदिइने !

मंसिरदेखि शिक्षकलाई तलब नदिइने !

भक्तपुर।

भक्तपुरको सूर्यविनायक नगरपालिकाले मंसिर महिनादेखि तलब नदिने भएकाे छ ।

शिक्षक दरबन्दी मिलानकाे क्रममा सरूवा, पदस्थापन, कामकाजका लागि खटिएका शिक्षकलाई ७ दिनभित्र सम्बन्धित ठाउँमा हाजिरी नभए मंसिर महिनादेखि तलब राेक्ने चेतावनी दिएकाे हाे ।

हालै मात्र नगरपालिकाले शिक्षक दरबन्दी मिलानकाे नाममा माध्यमिक तहका शिक्षकलाई समेत सरूवा गरेकाे विषयमा विवादास्पद निर्णय गरेकाे नगरपालिकाले शिक्षकलाई धम्कीपूर्ण पत्र पठाएकाे हाे। `यस नगरपालिकाको नगरकार्यपालिकाको मिति २०७८-०८-०३ को निर्णय बमोजिम दरवन्दी मिलानका क्रममा सरुवा ,पदस्थापन ,कामकाजका लागि खटिएका शिक्षकहरु लाई यो पत्र जारी भएको मितिले ७ (सात) दिन भित्र रमाना ,हाजिर गराई सोको जानकारी यस कार्यालयमा गराउनु हुन अनुरोध छ ।

रमाना लिई हाजिर हुन नजाने तथा हाजिर भएको जानकारी नगराउने विद्यालयका शिक्षकहरुको मंसीर महिना देखी तलव भत्ता निकासा नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।´ साेमबार पठाईएकाे पत्रमा भनिएकाे छ । भक्तपुर टाइम्सबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार