गृहपृष्ठ दु:खद खबर जन्तीको बस दु’र्घ’टना
दु:खद खबर जन्तीको बस दु’र्घ’टना
जाजरकोट, २१ मंसिर। रुकुम पश्चिमकाे मुसीकोट नगरपालिका–२, मा भएको बस दु’र्घ’टनामा परी घा’इते भएका एक जनाको मृ’त्यु भएको छ । मुसीकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
प्र’हरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार दु’र्घ’टनामा गम्भीर घा’इते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएकोमा खड्काको बाटोमै म’त्यु भएको हो । मुसीकोट- २ को बरेली बजार नजिकै सोमबार साँझ भएको जन्ती बस दु’र्घ’टनामा घाइते भएकामध्ये २१ जनाको जिल्ला अस्पताल रुकुम पश्चिम लगिएकाे थियाे ।
प्र’हरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–२, को पिपलबाट जन्ती लिएर मुसीकोट–१ को घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ नम्बरको बस दु’र्घ’टना भएको थियो । घा’इते भएर नेपालगन्ज पठाइएकामा मुसीकोट नगरपालिका–१ का वडाध्यक्ष वीरबल केसी पनि छन् ।





