गृहपृष्ठ तीन दिनका लागि विद्यालय बन्द !
तीन दिनका लागि विद्यालय बन्द !
धनुषा,२१ मंसिर। जनकपुरधाम उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालयमा बिदा दिने भएको छ । विवाहपञ्चमीको अवसरमा नगर क्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरुमा तीन दिन बिदा दिने निर्णय गरेको हो ओली भेट्न बालकोट किन जाँदैछन् बारका पदाधिकारी ?
जनकपुरधामको जानकी मन्दिरमा जारी सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी महोत्सवको उपलक्ष्यमा मंगलबारदेखि बिहीबारसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ ।
आइतबार सूचना जारी गर्दे विवाहपञ्चमीको मेलाका कारण हुने भीडभाडलाई दृष्टिगत गरी नगर भित्रका सामुदायिक, संस्थागत विद्यालय तथा शिक्षण संस्थाहरुलाई मङ्सिर २१ देखि २३ गतेसम्म बन्द गर्ने निर्णय भएको जनाइएको छ ।





