२०८३ जेठ १० गते आइतवार | May 24, 2026

गृहपृष्ठ शिक्षक र कर्मचारीलाइ मंसिर ३० गतेसम्म फारम भर्न आग्रह (सुचना सहित)

शिक्षक र कर्मचारीलाइ मंसिर ३० गतेसम्म फारम भर्न आग्रह (सुचना सहित)

काठमाडौं ।

रामेछापस्थित उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाका विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय कर्मचारी (परिचर र लेखापाल) लगायतलाई यही मंसिर ३० गतेभित्रसम्म माग फारम भर्न सूचना जारी गरेको छ । गाउँपालिकाले मंगलबार सूचना जारी गरेकाे हाे ।

‘उमाकुण्ड गाउँपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको कात्तिक र मंसिर महिनाको तलबभत्ता निकासी मागको लागि स्थायी शिक्षक, करार, राहत, विद्यालय कर्मचारी, लेखा सहायक, बालविकास सहजकर्ता र विद्यालय नर्सको छुट्टाछुट्टै माग फारम भरी

यही मंसिर ३० गते सम्ममा गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेस गर्न अनुरोध छ,’ गाउँपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

साथै गाउँपालिकाले विद्यालय सहायकका लागि १३,५०० रूपैयाँ विद्यालय कर्मचारी मा.वि,आ. वि १-८ सम्मका लागि ८००० रूपैयाँ, विद्यालय कर्मचारी आ.वि १-५ का लागि ८००० रूपैयाँ र बालविकास सहजकर्ताका लागि ८००० रूपैयाँ माग गरी फारम भर्न अनुरोध गरेको छ ।

हेर्नुहोस्:

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार