गृहपृष्ठ पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज मंसिर २३ बिहिबार यी राशीलाई हुनेछ अत्यन्त शुभ
पशुपतिनाथ दर्शन गरि हेर्नुहोस् आज मंसिर २३ बिहिबार यी राशीलाई हुनेछ अत्यन्त शुभ
काठमाडौं, २३ मंसिर। आजको पात्रो : २३ मंसिर। तदनुसार ९ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष षष्ठी तिथि, धनिष्ठा नक्षत्र, व्याघात योग, चन्द्रमा मकर राशिमा छ । आज सूर्योदय बिहान ६ः४४ मा भएकाे छ भने सूर्यास्त ५ः०७ बजे हुनेछ ।
अभिजित मुहूर्त ११ः३६ देखि १२ः१७ सम्म रहेको छ । १ः१५ देखि २ः३३ समयसम्म राहुकाल छ । आजको देवता बायु र ग्रहदेव शुक्र छ । अध्ययनअध्यापनका लागि विद्याआर्जनका लागि बिहीबारका दिन शुभ मानिन्छ ।
आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक र धार्मिक कार्यबाट तपाईँलाई मानसम्मान मिल्नेछ । तपाईँको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा नयाँ काम गर्न मन लाग्नेछ । आजको दिन शुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको अर्थ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईँलाई फाइदा हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन कुनै देवालय र शिवालयको यात्रा फलदायी हुनेछ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईँले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर काम गर्नु पर्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । तपाईँको सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको फाइदा हुनेछ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : हरेक बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुनसक्ने भएकाले नियमित काम बाहेक नयाँ कामका लागि दिन त्यति उपयुक्त छैन ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन यात्राका लागि अवसर आउनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै देवीमन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन सोचअनुसार काम हुनेछ । व्यापारमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईँले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिन सुरु गरेका कामबाट सफलता प्राप्त हुनेछ । तपाईँमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला । परिवारमा हुने विवादले समस्या हुनसक्छ त्यसैले धैर्य र मौन रहनु नैं वेश हुनेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईँको कार्ययोजना सफल हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । साथ सहयोग कसैको नहुँदा पनि तपाईँको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । चन्द्रमाको साथ रहेकाले आफ्नो कर्मयात्रामा सफलता मिल्नेछ । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईँको मनमा खुसी छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । परिवारभित्र तपाईले गरेको कामबाट आफैम खुसीयाली छाउने छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो ।




