गृहपृष्ठ बिद्यार्थीलाइ बजारको प्याकेटको खाजा नखुवाउन केन्द्रको निर्देशन
बिद्यार्थीलाइ बजारको प्याकेटको खाजा नखुवाउन केन्द्रको निर्देशन
काठमाडौं ,२३ मंसिर/शिक्षा तथा मानव स्रोत विकास केन्द्र विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले केही स्थानीय तह भित्रका विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेका भन्दै त्यसो नगर्न निर्देशन दिएको छ ।
स्थानीय स्तरमा उत्पादन भएका खाद्यय वस्तुहरुको उपयोग गरी विद्यालयले सप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यावस्था रहेकामा केही स्थानीय तह भित्रका विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने कार्य नगर्न निर्देशन दिएको हो ।
केन्द्रले एक सूचना जारी गर्दे केही स्थानीय तह भित्रका विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरिद गरी खुवाउने गरेको भन्ने जानकारीमा आएकाले सरकारको नीति विपरित र बालबालिकाको स्वास्थ्य सम्वेदनशिलतामा असर पर्ने भएकाले स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको उदेश्य भएकोले यस्तो खाले कार्य नगर्न नगराउन सबै स्थानीय तहहरुलाई निर्देशन दिएको हो ।
सरकारले आर्थिक वर्ष २०७७ /०७८ देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउने व्यवस्था गर्दे आएको छ ।






