२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मनकामना दर्शन गरि हेर्नुहोस तपाईंको भाग्य आज यी राशिको चम्कदैछ भाग्य

मनकामना दर्शन गरि हेर्नुहोस तपाईंको भाग्य आज यी राशिको चम्कदैछ भाग्य

काठमाडौं, २६ मंसिर। आजको पात्रो : २६ मंसिर, आइतबार । तदनुसार १२ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष नवमी तिथि, उत्तरभाद्रपदा नक्षत्र, व्यतिपात योग, चन्द्रमा मीन राशिमा छ ।

आज सूर्योदय बिहान ६ः४६ र सूर्यास्त ५ः ०८ मिनेटमा हुनेछ । आज अभिजित मुहूर्त ११ः३७ देखि १२ः१८ सम्म छ भने राहुकाल ३ः५३ देखि ५ः११ सम्म छ । आइतबारको दिन सूर्योदयको दर्शन गर्नाले साताका दिन सफल हुनेछन भन्ने मान्यता रहेको छ । देवता रुद्र र ग्रहदेव राहु रहेको छ । सरकारी कामकाज आइतबार सुरु गर्दा साताभित्र पूरा हुने मान्यता छ । यात्राका लागि आइतबारको दिन शुभ समयमा मात्र यात्रा गर्नु राम्रो हुनेछ ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : व्यापारव्यवसायमा हुनुहुन्छ भने आजको दिन बिहानको सूर्योदयको दर्शनपछि कार्य शुभारम्भ गर्दा लाभ हुनेछ । परिवार र मित्रमण्डमलीबाट साथ सहयोग पाउनुहुनेछ । बिहानको उदाँउदो सूर्यको र देवालयको दर्शन  गरेर काम सुरु गर्दा साताभर कार्यसिद्ध हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईँका लागि आजको दिन त्यति अनुकुल देखिदैन । यात्राको लागि अवसर आउनसक्छ ।  धार्मिक क्षेत्रको यात्रा गर्नु बेस हुनेछ । तपाईँले सोचअनुसारको कार्य सफलता मिल्नेछ । आफूले विगतदेखि गर्दै आएको काममा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  आजको दिन परिवार र आफन्तजनमा आर्थिक विवाद हुनसक्छ । त्यसैले आजको दिन विवाद हुनसक्ने कम नगर्नुहोला । परिवारमा अनावश्यक विवाद हुन खोज्दा विवाद बढ्नसक्छ ।  आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताको बीचमा सकारात्मक सोचको आवश्यकता छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन दाम्पत्य जीवनमा विवाद हुनसक्छ । कुनै पनि काम गर्दा धैर्यको आवश्यक छ । व्यापार र कामबाट हानी हुनसक्छ । धैर्यपूर्वक सोचविचार गरेर मात्र काम गर्नुभयो भने संकट हटाउन सक्नुहुनेछ । आफ्नो नियमित कामबाहेक अन्य काम नगर्दा बेस हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजयप्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । आजको दिन बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । विवाद हुने काम र कुरा दुवै बर्जित गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको  दिन अर्थ लाभ हुनसक्छ । यात्राका लागि अवसर प्राप्त हुनेछ । आजको दिन सुरु गरेको यात्राले तपाईँलाई नयाँ योजना बनाउनका लागि सहयोग गर्नेछ । रचनात्मक र कलाकारितामा मन जानेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आफ्नो नियमित कामबाहेक नयाँ काम  नगर्नुहोला । विवाद हुने कामबाट टाढा रहनुहोला । विवाद गर्दा अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भाावना रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आजको दिन व्यापारव्यवसायबाट सोचेभन्दा बढी धन लाभ हुने देखिन्छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । आर्थिक कारोबार गर्दा भने अलिकति सोच, होस र विचार गर्नुहोला

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : आजकाे दिन आफन्तलाई भेट गर्दा साथ सहयोग हुनुसक्छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ । अध्ययनअध्यापन क्षेत्रमा हुनुहुन्छ भने सरस्वती र आदित्यहद्यस्तोत्र पाठ गर्दा फलप्राप्त हुनेछ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : अध्ययन अध्यापनमा सफलता मिल्नेछ । विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । सकारात्मक सोच र नयाँ काम गर्नका लागि हौसला प्राप्त हुनेछ । मित्र र घर परिवारको समेत साथ सहयोग रहने छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : हरेक साताको आइतबार बिहान पहिले सूर्यनारायणको दर्शन गर्नुभयो भने दिन उत्तम वित्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । अर्थलाभ, मित्रको साथ सहयोग र सोचअनुसार काम हुनेछ । सामाजिक कार्यले तपाईलाई मनमा शान्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  अध्ययन अध्यापनमा नयाँ सफलता प्राप्त हुनेछ । लेखक, अध्यापका लागि नयाँ बाटो खुल्नेछ । साँझको समयका शिवालय यात्रा गर्दा फलदायी हुनेछ । सूयोदयको दर्शन उत्तम मानिन्छ । रचनात्मक कार्यमा मन जानेछ । आजको दिन बनेका कार्ययोजना पुरा गर्नुभयो भने साताका दिन फलदायी हुने योग रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार