गृहपृष्ठ सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन
सभापतिको दोस्रो चरणको मतदानमा देउवालाई सहयोग गर्ने निधिको बचन
मंगलबार बिहान निधि निवास नयाँ बानेश्वर पुगेर देउवाले निधिसँग आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । जवाफ निधिले सहयोग गर्ने बचन दिएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए ।
‘प्रधानमन्त्रीज्यू आज बिहान पहिले प्रकाशमान सिंहको निवास चाक्सीबारी र त्यसपछि विमिलेन्द्र निधि निवास पुग्नुभयो । सिंहले लिखित प्रतिबद्धता नै जनाउनु भएको छ । निधिले निःसर्त सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो,’ सिग्देलले न्युज कारखानासँग भने ।





