गृहपृष्ठ घरमा आगलागी, २७ लाखभन्दा बढीको क्षती!
घरमा आगलागी, २७ लाखभन्दा बढीको क्षती!

सोमबार राति भएको आगलागीमा खड्काको तीन तले घर, घरमा राखिएका नगद पाँच लाख, सात तोला सुन (टिलदानी पाँच तोला, बेरुवा औंठी एक तोला, सिक्री आठ आना, मंगलसुत्र एक आना र फुली एक आना), चाँदी १७ तोला, १८ मुरी धान, १० मुरी मकैलगायत जलेको हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिए ।
खड्काको खाट र पलङ, लत्ताकपडा, भाडावर्तन, नारिकता, पासपोर्ट, लाइसेन्स, लालपुर्जा, विवाह तथा जन्मदर्ता लगायत कागजात पनि जलेको प्रहरीले जनाएको छ । प्रहरीचौकी हरम्टारबाट खटिएका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । प्रहरीले मंगलबार स्थानीयको रोहवरमा आगलागीको सर्जमिन मुचुल्का उठाएको हो ।





