२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

कांग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट लोकप्रिय युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।

मतगणनाको सुरुदेखि नै थापा र शर्माले निरन्तर लिड गरेका थिए । थापा सभापतिका पराजित उम्मेदवार डा.शेखर कोइरालाको टिमबाट र शर्मा सभापतिमा तेस्रो मत ल्याएका प्रकाशमान सिंहको टिमबाट चुनावमा लडेका थिए ।

सभापतिमा विजयी शेरबहादुर देउवाको टिमबाट डा.प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बने पनि उनीहरुले तेस्रो र चौथो मत परिणाममा चित्त बुझाउनु पर्यो ।

त्यसैगरी कोइरालाको टिमका डा.रिजाल पाँचौं पोजिसनमा सीमित रहे । अन्य प्रतिस्पर्धीसँग फराकिलो मतअन्तरले विजयी थापा कांग्रेस वृत्तमा लोकप्रिय छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार