२०८३ वैशाख ५ गते शनिवार | April 18, 2026

गृहपृष्ठ शिक्षक र कर्मचारीले दिए गगन थापालाइ बधाई, तलबको समस्या समाधान गर्न आग्रह

शिक्षक र कर्मचारीले दिए गगन थापालाइ बधाई, तलबको समस्या समाधान गर्न आग्रह

काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट बिहीबार महामन्त्रीमा निर्वाचित भएका गगन थापालाई प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) ले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सांसदसमेत रहेका थापाले प्रतिनिधिसभामा इसीडी शिक्षक र विद्यालय कर्मचारीको समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

विद्यालय कर्मचारी मनबहादुर आ.टी महामन्त्री थापालाई बधाई दिंदै सामाजिक सञ्जालमा लेख्छन्, ‘संसदमा विद्यालय कर्मचारी र इसीडि शिक्षकहरूलाई व्यवस्थापन

गर्नुपर्छ भनेर खरो रूपमा उत्रिने गगनकुमार थापा नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी हुनुभएकोमा बधाई छ । साथै अब छिटोभन्दा छिटो व्यवस्थापनको पहल गरिदिने हुने भन्ने आशा गर्दछौं ।’

त्यसैगरी इसीडी शिक्षक अन्जु नेपालले पनि महामन्त्री थापाले शिक्षक र कर्मचारीको पारिश्रमिक समस्याका विषयमा बोल्ने अपेक्षा व्यक्ति गर्दै बधाई दिएकी छिन् । उनले पनि सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित हुनुभएकोमा गगन थापाज्यूलाई हार्दिक बधाई छ ।

हाम्रा पारिश्रमिक समस्याबारे सरकारसमक्ष कुरा राखिदिनुहुनेछ भन्ने अपेक्षा छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार