२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ हेर्नुहोस् आज कहाँ कहाँ वर्षा र हिमपातकाे सम्भावना ?

हेर्नुहोस् आज कहाँ कहाँ वर्षा र हिमपातकाे सम्भावना ?

काठमाडौं, ३ पुस। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार