२०८३ वैशाख ६ गते आइतवार | April 19, 2026

गृहपृष्ठ पाँच हजार गाँजाका बोट प्रहरीद्वारा नष्ट

पाँच हजार गाँजाका बोट प्रहरीद्वारा नष्ट

सप्तरी, ३ पुस । सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो ।

अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै संख्यामा गाजाको बोट फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्ले जानकारी दिएका छन् ।

जिल्ला प्रहरीको  मातहतका ईलाका प्रहरी कार्यालयबाट खटिएका टोलीले ५ हजार ३४ बोट गाँजा फडानी गरी नष्ट गरेको काफ्लेको भनाइ छ ।
लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भनि जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।

सप्तरीमा व्यवसायिक रुपमा गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको प्रवक्ता काफ्लेको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार