२०८३ वैशाख ८ गते मंगलवार | April 21, 2026

गृहपृष्ठ रामोसले रातो कार्ड पाएको खेलमा इकार्डीले पीएसजीलाई बचाए

रामोसले रातो कार्ड पाएको खेलमा इकार्डीले पीएसजीलाई बचाए

काठमाडौं, ८ पौष।  सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ड जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् ।

बुधबार राति भ्रमणकारी टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अंक बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।

८६ औं मिनेटमा पीएसजी १० खेलाडीमा सिमित भयो । दोस्रो पटक पीएसजी आएपछि मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड ब्यहोरे ।

खेलको इन्जरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए ।

जितसँगै पीएसजीले १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अंकको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अंक छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार