२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ मेयर गुप्ताले पूरा गर्दै आफ्नो प्रतिबद्धता, ४ वर्ष पछि मुहार फेर्दै परासी सहर

मेयर गुप्ताले पूरा गर्दै आफ्नो प्रतिबद्धता, ४ वर्ष पछि मुहार फेर्दै परासी सहर

ज्ञानेश्वर साहनी, ०९ पौष । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका अन्तरगत पर्ने नवलपरासी जिल्लाको सदरमुकाम परासी ४ वर्ष पछि मुहार फेर्ने भएको छ । स्थानिय तहको पहिलो निर्वाचन अन्तर्गत रामग्राम नगरपालिकाको नगर प्रमुख पदमा उम्मदवारी दिँदै गर्दा भौतिक निमार्णको कार्य लगायतका विषय समेटी आफ्नो घोषणा पत्र मेयर गुप्ताले तयार गरेका थिए।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताका अनुसार ” आफ्नो सम्पूर्ण चुनावी प्रतिबद्धता पूरा गर्ने अन्तिम समयमा रहेको बताउनु भएको छ। नगरका सबै वार्डका भौतिक निमार्ण योजना अन्तरगत सडक, स्वास्थ्य चौकी,विद्यालय आदि अन्तिम चरणमा रहेको छ। सदरमुकाम परासीको भित्र सडक विगत ४ वर्ष देखि कालो पात्रे हुन सकेको थिएन ।

तर हाल सहरी विकास मन्त्रालयको सहयोग तथा मेयर गुप्ताको अगुवाईमा बुद्ध चोक देखि नीलो गेट सम्म चार लेन तथा बाई पास देखि भित्री सम्पूर्ण सडक दुई दुई लेन कालो पत्रे भएको छ। सडक कालो पत्रे हुँदा धूलो धुँवाबाट बच्नुको साथै स्वास्थ्य एवम् व्यापार बढ्ने बताउँदै स्थानीय वासी खुसी व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार