२०८३ असार १८ गते बिहीवार | July 02, 2026

गृहपृष्ठ नेपालमा पछिल्लो २४ घन्टामा थप यति जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घन्टामा थप यति जनामा कोरोना पुष्टि

काठमाडौं,९ पौष । देशभर पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा ११ हजार ८९६ जनाको पिसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा पिसीआर विधिमार्फत् ८ लाख २६ हजार ९०१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म एन्टिजेन विधिबाट ९६ हजार ११५ जनाको कोरोना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३४९ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १० हजार २७१ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । यसैगरी, पछिल्लो समय ३ लाख २९ हजार ३७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार