२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ सुन खानीमा पुरिएर ३८ जनाको मृ’त्यु, दर्जनाैं वेपत्ता

सुन खानीमा पुरिएर ३८ जनाको मृ’त्यु, दर्जनाैं वेपत्ता

खार्तुमा, १४ पुस। सुडानमा एउटा सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृ’त्यु भएको छ । देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन् ।

सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन् । सुडानकाे राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घा’ई’ते भएका छन् ।

पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन् । कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन् ।

खानी भत्किएको विषयमा प्र’ह’रीले थप अनुसन्धान गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार