२०८३ असोज १४ गते बुधवार | September 30, 2026

गृहपृष्ठ रोनाल्डोको गोल, युनाइटेडको सहज जित

रोनाल्डोको गोल, युनाइटेडको सहज जित

काठमाडौ, १६ पुस।  म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेकाे छ । युनाइटेड बर्नलीलाई ३-१ गाेल अन्तरले हराउदै शीर्ष ६ मा उक्लिएको हाे ।

स्कट एमसी टोमिनीले ८औँ मिनेटमा पहिलो गोल गरे । २७औँ  बेन मीले आत्मघाती गोल गर्दा युनाइटेडले २-० को अग्रता बनायो ।

रोनाल्डोले ३५औँ मिनेटमा घरेलु मैदानमा टिमका लागि तेस्रो गोल गरे। ३८औँ मिनेटमा आरोन लेनोनको गोल गरे पनि बर्नलीले हार टार्न सकेन ।

युनाइटेड १८ खेलबाट ३१ अंकका साथ छैटौँ स्थानमा रहँदा एक खेल कम खेलेको टोटनह्यमको ३० अंक रहेको छ ।

कोभिडका कारण एभर्टन र न्युक्यासलबीच तय  खेल भने स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार