गृहपृष्ठ दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु, हापुरे सडकखण्ड अवरुद्ध
दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु, हापुरे सडकखण्ड अवरुद्ध
दाङ, १६ पुस। दाङमा गाडीको ठक्करबाट एक जनाको मृ’त्यु भएको छ । पहिचान हुन नसकेकाे गाडीले आज बिहान ठक्कर दिँदा दंगिशरण गाउँपालिका-६ का सुमन केसीको मृ’त्यु भएको प्र’ह’रीले जानकारी दिएकाे छ ।
केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्र’ह’री कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
तुलसीपुर-सुर्खेत सडक खण्डअन्तर्गत दंगिशरण-६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन । सडकमा घा’इ’ते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृ’त्यु भएको डिएसपी अर्यालले जानकारी दिए ।
श’व राप्ती प्रादेशिक अस्पतालको श’व’गृहमा राखिएको छ । घ’ट’नापछि मृ’त’कका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्र’ह’रीले जनाएको छ ।





