२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ भारतमा ओमिक्रोन : महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित

भारतमा ओमिक्रोन : महाराष्ट्रमा एकै दिन १९८ जना संक्रमित

नयाँ दिल्ली, १६ पुस। महाराष्ट्रमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा महाराष्ट्रमा १९८ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । नयाँ भेरियन्ट निकै संक्रामक भएको विज्ञहरुले बताउँदै आएका छन् ।

भारतमा कोभिड संक्रमित बढेपछि कर्फ्यूलगायतका प्रतिबन्धात्मक व्यवस्था लागु गरिएका छन् । संक्रमण बढेपछि नयाँ दिल्ली र उत्तर प्रदेशमा यसै साता रात्रीकालिन कर्फ्यू लगाइएको छ ।

नोभेम्बरको अन्त्यदेखि दक्षिण अफ्रिकाबाट फैलिएको ओमिक्रोन अहिले विश्वका विभिन्न देशहरुमा फैलिएको छ । भारतमा अहिलेसम्म ९६२ जना ओमिक्रोन संक्रमित भेटिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार